Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मला पन्तको घटना अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा बन्यो समिति

  |      14:03:00   |  
web imege
web imege

पुष १७ , काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नेतृत्वमा अनुसन्धान समिति बनेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की डिआइजी दुर्गा सिंहको नेतृवमा पाँच सदस्यीय समिति बनेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए। 

उनका अनुसार यस टोलीमा एक जना चिकित्सक पनि छन्। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसको अनुसन्धान गर्न निर्देशन दिएसँगै नयाँ समिति बनाएर अनुसन्धान सुरू गरिएको डिआइजी राईले बताए।

गृहमन्त्री लामिछानेले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर यस घटनाको अनुसन्धानको प्रगति विवरणबारे बुझेका थिए। 

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

उनीमाथि बलात्कार भएको पोस्टमर्टम रिपोर्टले देखाएको थियो।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।

विष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वाबको नमूनासँग विष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका थिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement