आज विहिबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँलेघटेर १ हजार ४१०रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार४३० रुपैयाँमा कारोबार भएको थियो।