Advertisement
Advertisement
Advertisement
Advertisement

नर्सहरुको श्रम शोषण विरुद्धको अभियान देशभरी फैलाइने

  |      12:24:00   |  
Protest by Nurse
Protest by Nurse

-डिबी खड्का
असार १४, काठमाडौं। अस्पतालहरुले भोलेन्टिएरका नाममा नर्सहरुको श्रम शोषण गरेको भन्दै यसविरुद्धको अभियान देशभरी फैलाइने भएको छ । एन्टी करप्सन मुभमेन्ट नामक संस्थाले विराटनगरबाट थालेको अभियान देशका अरु ठूला सहर काठमाडौं, चितवन, नेपालगञ्ज, बुटवल र पोखरामा समेत फैलाइने संस्थाका अध्यक्ष पारुल क्षेत्रीले बताए ।
नेपालका धेरै निजी तथा सरकारी अस्पतालले नर्सलाई भोलेन्टियरका रुपमा काम गराइरहेका छन् ।  बिरामीको अनुपातमा दरबन्दी नबढाउँने र भएको दरबन्दीमा पनि नियुक्त नगर्ने गरेका कारण धेरै नर्सहरु बेरोजगार छन् । आफूले सिकेको सीपलाई प्रयाग गर्नकै लागि निःशुल्क भएपनि काम गर्नपर्ने नर्सको बाध्यताको फाइदा अस्पतालहरुले उठाइरहेका छन् ।
सरकारले प्लम्बर तथा मजदूरको समेत न्यूनतम ज्याला तथा मासिक तलब तोकेको अवस्थामा व्यवसायिक शिक्षा लिएका दक्ष नर्स निःशुल्क काम गर्नुपर्ने बाध्यतामा परिरहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै नर्सको हकहितका लागि उक्त अभियान चलाइएको बताइएको छ । भोलेन्टियरमा नर्स राख्न नपाउने, न्युनतम पारिश्रमिक १८ हजार हुनुपर्ने, नियक्ति पत्र दिनुपर्ने, समयअनुसार स्थायी गर्ने व्यवस्था हुनुपर्ने लगायतका माग राखिएका छन् ।

यो समस्यालाई उजागर गरेर प्रधानमन्त्रीलाई समेत पत्र लेखिसकेको बताए । सरकारी अस्पतालका व्यवस्थापकले त भोलेन्टियरमा नर्स राख्नका लागि उल्टै आर्थिक लाभ समेत लिने गरेको बताइन्छ । अहिले राजधानीलगायतका ठूला शहरका धेरै निजी अस्पताल भोलेन्टियर नर्सकै भरमा चलिरहेका छन् ।

विराटनगरका अस्पताल तथा नर्सिङ होमले श्रम शोषण गरिरहेको भन्दै मुभमेन्टले केही समयअघि मुद्दा दायर गरेको थियो । विराटनगरस्थित श्रम कार्यालयले नर्सिङ होम तथा अस्पताललाई संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन पत्राचार गरेको छ । ‘उक्त पत्राचार पछि देखिने गरी कसैले भोलेन्टियर राखेका छैनन्,’ अध्यक्ष क्षेत्रीले भने ।
श्रम ऐन अनुसार गैरकानुनी काम भइरहेको भन्दै यो कुराको सम्बोधन नभए सर्वाेच्च अदालतसम्म मुद्दा दायर गर्ने तयारी भइरहेको बताइएको छ ।  ‘नर्सिङ होम तथा निजी अस्पतालले आफूहरु घाटामा रहेको बताएर विवरण दिन आनकानी गरिरहेका छन् । व्यवस्थापक डेढ करोडको गाडी चढ्ने र कामदारले गाडीभाडा पनि नपाउने परिपाटीको अन्त्य हुनुपर्छ,’ क्षेत्रीले भने ।
यो समस्यालाई उजागर गरेर प्रधानमन्त्रीलाई समेत पत्र लेखिसकेको बताए । सरकारी अस्पतालका व्यवस्थापकले त भोलेन्टियरमा नर्स राख्नका लागि उल्टै आर्थिक लाभ समेत लिने गरेको बताइन्छ । अहिले राजधानीलगायतका ठूला शहरका धेरै निजी अस्पताल भोलेन्टियर नर्सकै भरमा चलिरहेका छन् ।
नर्सिङ काउन्सिलका  अनुसार अहिले ७५ प्रतिशत नर्स बेरोजगार छन् । सरकारी सेवामा करिब २४ हजार नर्स आवश्यक भएपनि करिब ६ हजारमात्र कार्यरत छन् ।
८ लाखसम्म खर्च गरेर पढेका नर्स महिनौंसम्म जागिर पनि नपाउँने, पाएपनि  तलब थोरै हुने, नियमित नहुने  र सेवाको सम्मान पनि घट्दै गएकाले निराश बन्दै गएका छन् । वरिष्ठ नर्स किरण बज्राचार्यका अनुसार यसरी भोलेन्टियर गर्ने नर्सको संख्या दश हजारभन्दा बढी छ । देशभरका अधिकांश अस्पतालका आइसियु र शल्यकक्षसमेत भोलेन्टियरकै भरमा चलेका छन् ।

साभार: स्वस्थ्य खबरपत्रिका
प्रकाशित मिति:२०७२ साउन ३१ गते


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement