Advertisement
Advertisement
Advertisement
Advertisement

धोखाधडीको आरोपमा शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी

  |      17:24:00   |  
web image
web image

फागुन १८, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी ९एफआईआर० दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

 

गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यु, सुशान्त गल्फ सिटी, लखनऊमा अवस्थित छ । गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊको एक प्रहरी चौकीमा उजुरी दिएका छन् ।

 

मिडिया विवरणअनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिएपनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरीबाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

 

गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ । उनी बी–टाउनकी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रिटीको घर डिजाइन गरेकी छन् । लखनऊमा परेको उजुरीबारे गौरीलाई कुनै जानकारी छैन । उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन्, त्यसैले उनको नाममा पनि एफआईआर दर्ता गरिएको छ । यद्यपि गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement