भदौ ६,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।बुधबार बिहान काठमाडौंबाट पश्चिम जाँदै गरेको बस त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी सामुदायिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले बताएको छ ।