Advertisement
Advertisement
Advertisement
Advertisement

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित

  |      14:29:00   |  
web imege
web imege

पुस १, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ ।

ब्रिटिस एजुकेसन ग्रूपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो ।बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर् युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट अफ इङ्‍गल्याण्ड, किल् युनिभर्सिटी र लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेको ब्रिटिस एजुकेसन ग्रूप अन्तर्गतको द ब्रिटिस कलेजले यसअघि नै सो सम्मान प्राप्त गरेको भए पनि थप शैक्षिक तथा भौतिक स्तरोन्नति गरेकोले सो अवार्ड सन् २०२५ सम्मलाई प्राप्त गरेको हो ।

ब्रिटिस एक्रिडेसन काउन्सिल एक स्वतन्त्र, मान्यता प्रदान गर्ने निकाय हो, जुन शैक्षिक संस्थाहरूको मूल्यांकनका लागि विश्वव्यापी रूपमा प्रख्यात छ । बीएसीद्वारा मान्यता प्राप्त हुनको लागि शिक्षाको गुणस्तर उच्च राख्ने, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायहरुको अपेक्षालाई पूरा गर्न सक्ने हुनुपर्छ ।

बीएसीले मान्यता प्रदान गर्ने क्रममा कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो। कलेजले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, विभिन्न विभागहरु, भवनको संरचना, पाठ्यक्रम, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रक्रिया, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु जस्ता मापदण्डहरुलाई पूर्ण रुपले पालना गर्दै नेपालमा नै विश्वस्तरिय शैक्षिक अनुभव प्रदान गरेकोले ब्रिटिस कलेजले सो मान्यता प्राप्त गरेको हो।

यसले टीबीसीको बाह्य साझेदार संस्थाहरु, सल्लाहकार समिति, बलियो नेतृत्व, पठन–पाठनका स्रोत तथा सामग्रीहरू, विद्यार्थीहरुलाई उपलब्ध स्रोत साधनसँगै मार्गदर्शनमा निरन्तर वृद्धि र सुधार थप प्रमाणको रुपमा देखिएको छ ।

कलेजले प्राप्त गरेको अवार्ड सम्बन्धमा प्रतिक्रिया दिँदै डेप्युटि प्रिन्सिपल डा प्याट्रिक म्याकक्रडेनले भने, ‘यस मान्यताले विद्यार्थीहरुलाई विश्वव्यापी रूपमा सफलताको लागि तयार गर्ने सिकाइ वातावरण प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गरेको छ। यो मान्यता प्राप्त गर्ने नेपालको पहिलो कलेज हामी भएकोले यसमा हामी गर्व गर्छौं । साथै, हामी नेपालमा शिक्षाको उन्नतिमा योगदान पुरयाउन धेरै अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरू लागू गर्न चाहन्छौं।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement