भदौ १४,काठमाडौं । देशभर मनाइँदै जनैपूर्णिमाआज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदैछ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ। यो दिन बिहानैदेखि नदी र तालतलाउमा गएर स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँने चलन छ।
आजको दिन क्वाँटी खाने प्रचलन पनि छ। विभिन्न किसिमका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ। यसले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ।
आजै दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर राखी पर्व मनाइन्छ।