Advertisement
Advertisement
Advertisement
Advertisement

दिल्लीबाट हिंसापीडित महिलाको उद्धार

  |      10:50:00   |  
web image
web image

असार ३०, काठमाडौं  । कोरोना कहरमाझ अर्घाखाँचीबाट एक अधबैंसे गत शनिबार हतारिएर भारतको दिल्ली पुगे । दिल्ली महिला आयोगको पहलमा प्रहरीले छोरीको उद्धार र ज्वाइँलाई पक्राउ गरेको खबर आएको थियो । 

उद्धार गरिएकी उनकी २१ वर्षीया छोरीलाई दिल्लीस्थित सफदरगन्ज अस्पतालमा उपचारार्थ लगिएको थियो । कानुनी उपचारमा पहल गरिरहेको संस्था आफन्त नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीका अनुसार उद्धार गरिँदा ती महिला झन्डै अचेत अवस्थामा थिइन् । उनको शरीरमा कुटपिटको दाग देखिन्छ ।

छोरी–ज्वाइँ दिल्लीमा बस्थे । छोरीलाई ज्वाइँले कुटपिट गरेको खबर पाएपछि बाबुले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा छोरीको उद्धारका निम्ति असार २५ मा निवेदन दिएका थिए । रूपन्देही प्रहरीले उद्धारमा सहयोग गर्न दिल्ली प्रहरीलाई पत्राचार गरेको थियो ।

दिल्लीस्थित एक अपार्टमेन्टमा भाडामा बस्ने ती महिला निरन्तर हिंसामा परेको कुरा छिमेकमा बस्ने नेपालीले थाहा पाएपछि अर्घाखाँचीमा खबर गरेका थिए । जोशीका अनुसार शारीरिक हिंसासँगै श्रीमान्ले ती महिलालाई नग्न बनाएर भिडियो खिच्ने र जबर्जस्ती अपरिचितहरूसँग संवाद गर्न लगाउने गरेको भिडियोमा देखिन्छ । महिलामाथि करेन्ट लगाउनेदेखि हत्यासम्मको दुष्प्रयास भएको खुलेको छ । ‘झन्डै तीन सातायता समयमा खान नदिने र निरन्तर शारीरिक र मानसिक हिंसा दिने गरेको देखिन्छ,’ जोशीले भने, ‘न्युड भिडियो उनले किन खिचे र त्यसलाई के काममा प्रयोग गरे भन्नेबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

तीन वर्षअघि मागी विवाह गरेका उनीहरूको १ वर्षकी छोरी छन् । नेपालमै छँदा पनि श्रीमान्ले बेलाबखत कुटपिट गर्ने गरेको माइती पक्षको भनाइ छ । कान्तिपुरसँग सम्पर्कमा आएका माइती पक्षका अनुसार बुटवलस्थित घरबाट असारको पहिलो साता ज्वाइँ र छोरी दिल्ली गएका थिए ।

- कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement