माघ २०,काठमाडौं । दिउँसो सुत्ने बानीले यस्तो हुन सक्छ।माइग्रेनको समस्या शरीरमा भिटामिन ‘के’को कमीका कारण माइग्रेनको समस्या निम्तिन सक्छ । यो बच्चा र युवा दुवैमा हुन सक्छ। अमेरिकास्थित सिसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टरका शोधकर्ताहरूले माइग्रेनका बिरामीमाथि एक अध्ययन गरेका थिए। अध्ययनअनुसार भिटामिन डी, राइबोफ्लेविन तथा कोएन्जाइम क्यु–१० को कमी माइग्रेनको समस्याका कारण बनेको देखियो । विज्ञहरूले भिटामिन बी(२ भरपूर पाइने दूध, बदाम, पनिरले अंगका कोषिकामा ऊर्जा दिएर माइग्रेनबाट बचाउन मद्दत गर्छ ।डायबिटिजको खतरा
दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ। अध्ययनअनुसार दिनमा हुने लामो निद्राले रातको निद्रामा गम्भीर बाधा निम्त्याउँछ । यसले मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ।
ब्लडसुगरको स्तर असामान्य
दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ। सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनले कम्मरको मोटाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्यान्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ।
लिभर क्यान्सरको खतरा
बिएमआई बडी मास इन्डेक्स ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ।
कात्तिक २२, काठमाडौं। आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने...
पुुस १९, काठमाडौं । गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम...
मंसिर २०, काठमाडौं । एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी...
असार २४, काटमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन...
मंसिर ११, काठमाडौं । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै...
असोज १६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प...
साउन ३०, काठमाडौं । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व...
असार ३१, काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु...
असार ३०, काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५...