मंसिर ९, दाङ । दाङमा एमालेकी कोमल वली र शान्ता चौधरी दुवै पराजित भएका छन् । दाङ–१ को प्रतिनिधिसभा सदस्यमा एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन्।
दाङ-३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भए । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । तीन वटै निर्वाचन क्षेत्रमा परिणाम गठबन्धन सामु एमाले कमजोर देखिन्छ ।