Advertisement
Advertisement
Advertisement
Advertisement

युईएमा अलपत्र परेका दुई नेपाली महिला शकुशल नेपाल फर्काइए

  |      13:08:00   |  
युईएमा अलपत्र परेका दुई नेपाली महिला शकुशल नेपाल फर्काइए

युएई– दलालमार्फत युईएमा अलपत्र परेका दुईजना नेपाली महिलालाई शकुशल नेपाल फर्काइएको छ । भारतीय बाटो हुदै दुवै पुगेका बुटवलका तुलसी क्षेत्री र पुर्णिमा घर्तीलाई गत विहिवार ९२० जुलाई २०१७० नेपाल फर्काइएको हो ।


भिजिट भिषामा दुवई पुगेका उनीहरुलाई भिषा अवधि सकिएपछि दलालले भिषा बढाउन ओमन पठाउन भन्दै शारजाह अन्तर्राष्ट्र्रि्रय विमानस्थलमा पुर्याएका थिए । तर, त्याँहाको एअरपोर्टमै कार्यरत नेपाली शिवहरी रोकालगायतको नेपालीहरुको समुहले करिब ६० हजार रुपैयाँको व्यवस्था मिलाएर उनिहरुलाई नेपाल पठाइएको हो । 

 

कसरी आएका थिए उनीहरु युएई ?
दुई महिना पहिले बुटवलकै दलाल माया चौधरीले युएईमा घरेलु कामदारको रुपमा लगिदिने र धेरै पैसा कमाइने प्रलोभन देखाइन् । निम्न आर्थिक अवस्था भएका उनीहरुले उनको आकर्षक प्रस्ताव नमान्ने कुरै भएन । करिब एक महिनामा दिल्लीको बाटो हुदै उनीहरु पुगे । 


भारतमा रहँदा पनिमाया चौधरीले गाली गर्ने महङ्गो भिषा किनेर युएई पठाउदैछु जेजे भन्छु मान्नुपर्ने जस्ता धम्कीहरु दिएको पीडितहरुको गुनासो छ । भन्छन्, ‘पैसा कमाउने आशमा सहमती गरियो तर आज आएर थाहा भयोकी दलालहरुले कसरी फसाउने रहेछन रु’ रातोपाटी सँगको कुराकानीमा नेपाल पुगेकी तुलसी क्षेत्री भन्छिन, ‘अरुको अभावमा खेल्दै फाइदा लिने र मान्छेलाई पशु जस्तै व्यवहार दलालहरुले गर्दा रहेछन् ।’ 

 

युएईमा महिला बन्दी अखडा
एक महिना पहिले भारतको बाटो हुदै युएई आएका उनीहरुलाई युएईमा रहेको एजेन्ट बविताले एअरपोर्टबाट लगेको उनीहरुले बताउँछन् । ‘एअरपोर्टबाट सिधै एउटा कोठामा लगियो र एक महिना सम्म बाहिर निस्कन दिइएन । हामीलाई विहान र बेलुका खाना दिइन्थ्यो । कामको बारेमा केही कुरा गर्‍यो भने धम्की दिएर तर्साउने गर्थे’ तुलसा भन्छिन ।

 

उनीहरुसँगै अरु २३ जना नेपाली महिलाहरु पनि उक्त कोठामा ल्याइयो र बन्द कोठामा राखियो । ‘हामीसंगै २५ जाना महिलाहरुलाई एउटै कोठामा राखेर मार्ने सम्मको धम्की दिइन्थ्यो ।’ उनीहरु एकस्वरमा बताउँछन् । एक महिना सम्म राखेकोे ठाँउको नाम पनि उनीहरुलाई थाहा छैन ।

 

पुर्णिमा भन्छिन् ‘एक महिनासम्म बाहिर निस्कन दिइएन, कोठाभित्रै थुनेर राखियो । भिषा परिवर्तनका लागि हामी २ जना त निस्कियौ अरु २३ जना त्यही छन । तर काहाँ छन रु ठाँउको नाम केहो रु भन्ने कुरो पत्तो नै छैन । तुलसी र पुर्णिमा त उदाहरणमात्र हुन् । उनीहरु जस्तै अवैधानिक बाटो भएर युएई भित्रिएका कैयौ नेपालीहरु त्यसरी नै बन्धक जिवन विताउन बाध्य छन् । रातोपाटीमा प्रकाशित खबर ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement