Advertisement
Advertisement
Advertisement
Advertisement

दमकमा सुरक्षित आवास गृह सञ्चालन

  |      14:00:00   |  
वेब तस्विर
वेब तस्विर

►विष्णुप्रसाद पोखरेल

चैत २७, दमक । दमकमा हिंसा प्रभावित तथा जोखिममा रहेका महिलालाई आश्रय दिन सुरक्षित आवास गृह सञ्चालनमा आएको छ ।एक महिनाअघि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको पहलमा सुरक्षित आवास गृह सुरु भएको हो । आवास गृह स्थापनाको एक महिनामा नै गृहमा दुई महिलालाई आश्रय दिइएको छ । भने, एक महिलालाई उद्दार गरेको छ ।महिला सुरक्षा केन्द्र नाम दिइएको सुरक्षित आवास गृहमा हाडनाता करणीबाट गर्भवती भएकी एक महिला र अर्की १२ वर्षीया बलात्कृत बलिकाले आश्रय लिइरहेका छन् ।

 

लैङ्गिक विभेदमा परेका, हिंसा प्रभावित तथा विभिन्न कारणले जोखिममा परेका बालिबालिकाहरुलाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षित आवास गृह सञ्चालन गरिएको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताइन् ।सुरक्षित आवास गृह सञ्चालन गर्ने जिम्मेवारी नगरपालिकाले ग्रामीण तथा शहरी विकास नेपाललाई दिइएको छ ।

 

भुटानी शरणार्थी शिविर बेलडाँगीमा युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थी महिलाहरुका लागि सञ्चालन भएको महिला सुरक्षा गृहलाई नै तत्काल सुरक्षित आवास गृहको रुपमा सञ्चालन गरिएको हो ।अहिले भुटानी शरणार्थीको संख्या न्यून भएपछि उक्त भवन युएनएचसीआरले स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२९२० बमोजिम गृह सञ्चालन कार्यविधि बनाएको उपप्रमुख अधिकारीले बताइन् ।

स्रोत ःमहिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement