चैत ५ काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् ।
उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर धर्नामा बसेकी हुन् ।
त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत ८ गतेका लागि तोकिएको छ ।
तर, कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेका कारण निर्वाचनको सुनिश्चितता माग गर्दै आफू धर्नामा बसेको भुसालको भनाइ छ ।
त्रिविमा तालाबन्दी हुँदा पनि प्रशासन निरीह बनेको, निर्वाचन समितिलाई स्वार्थ अनुसार प्रयोग गरिएको बताउँदै उनले अहिलेसम्म यस्तो कमजोर र निरीह प्रशासन नदेखेको जिकिर गरिन् ।
नेविसंघकै अनोज कार्की समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको छ । निर्वाचन समितिले कार्की समूहलाई आधिकारिकता नदिएपछि सो समूहले तालाबन्दी गरेको हो ।
यसअघिको स्ववियु निर्वाचनमा भुसाल नेविसंघकबाटै कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । टिकट नपाएपछि उनले यो पटक अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
निर्वाचनको सुनिश्चितता नभए आफू निरन्तर धर्नामा बस्ने उनले बताएकी छिन् ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...