Advertisement
Advertisement
Advertisement
Advertisement

त्रियुगाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

  |      16:51:00   |  
web imege
web imege

भदौ २४,काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र भित्रका सुत्केरी महिलालाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ ।सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत माछापुच्छ्रे बैंकले ५ लाख,सानिमा जेनेरल इन्स्योरेन्स कम्पनीले १५ लाख र १६ नम्बर वडा कार्यालयको ५ लाख गरी २५ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको मेयर बसन्तकुमार बस्नेतले बताए।

एम्बुलेन्स मेयर बस्नेतले स्वास्थ्यचौकी जाल्पाचिलाउनेलाई शनिबार हस्तान्तरण  गरेका हुन्। उनले  एम्बुलेन्स सुत्केरी महिलाका लागि निःशुल्क उपलब्ध गराउने जानकारी दिए।

त्यसैगरी इन्स्योरेन्स कम्पनीका प्रबन्धक बुद्धि नेउपानेले इन्स्योरेन्स कम्पनी मुनाफा मात्र आर्जन गर्छन् सामाजिक अभियानमा जोडिँदैनन भन्ने भ्रम चिर्न यस्ता सहकार्यले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

उनले खरिद गरिएको एम्बुलेन्स केहि दिनभित्रै कार्यविधि तयार गरी सुत्केरीलाई निःशुल्क र जेष्ठ नागरिकलाई सहुलियतपूर्ण व्यवस्था गरी सञ्चालन गरिने बताए । उनले एम्बुलेन्स सहयोगमा उदयपुर सिमेण्ट उद्योगका तत्कालिन महाप्रबन्धक गोपी नेउपानेको अग्रसरता रहेको जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement