Advertisement
Advertisement
Advertisement
Advertisement

तोसिमाको ६ अक्षरको एउटा स्ट्याटसले हजारौँ प्रतिक्रिया

  |      11:11:00   |  
web image
web image

मंसिर १७, काठमाडौं । रास्वपाको महोत्तरी  बैठक लगत्तै  उक्त पार्टीकी सांसद तोसिमा कार्कीले फेसबुकमा पोस्ट गरेको ६ अक्षरको एउटा  स्ट्याटसले हजारौँ  प्रतिक्रिया पाएको छ। ‘विधिको शासन?’ उनले लेखेको यत्ति हो।

तर, यसमा हजारौँ प्रतिक्रिया आएका छन्। यसैलाई आधार बनाएर बनाइएको समाचारहरूले लाखौँ भ्यूज पाएको छ। किनकि धेरैलाई लाग्यो, उनले यो प्रश्न आफ्नै पार्टीलाई  गरेकी हुन् भन्न। पाठकका प्रतिक्रिया पनि त्यस्तै आएका छन्। ‘प्रजातान्त्रिक होस कि प्रगतिशील ,राइट होस कि लेफ्ट, सबैले आफ्नो दुनो सोझ्याउने, आफ्नो आसेपासेलाई च्याप्ने हो,’  तोसिमाको स्ट्याटसमा आशुतोष पन्त लेख्छन्, ‘राम्रो होइन हाम्रो छान्ने! यहाँ न विधि न नियम!

जलेश्वरमा सम्पन्न पार्टीको संयुक्त बैठकले नयाँ अनुहार भित्राए पनि उनी र उनीजस्ता केही सङ्घर्षशीललाई पाखा लगाएको धेरैले अनुमान  गरेका छन्। पार्टीका अर्का सांसद सोबिता गौतम, विराजभक्त श्रेष्ठ जस्ता ऊर्जाशील मान्छेलाई महत्त्वपूर्ण जिम्मेवारीबाट पन्छाइँदै गर्दा  तोसिमाको यो सानो स्ट्याटसले धेरै कुरा बोलेको छ।  

झट्ट हेर्दा यो सानो कुरा देखिन्छ। तर यसले निकै ठुलो सन्देश दिएको छ। 

ठुला भनिएका दलबाट विधिको शासन हराउँदै गर्दा यही नारा लिएर रास्वपा उदाएको थियो। पार्टी सत्ताको नजिक रहँदै गर्दा विभिन्न व्यक्तिको यो दलप्रति आकर्षण बढ्नु स्वाभाविक हो। यस्तोमा अन्य दलमा जस्तै पार्टीको दुखको समयमा साथ दिनेहरूलाई नजरअन्दाज गर्दै पार्टीसँग स्वार्थ जोडेर टाँसिन आउनेलाई साथ लिने प्रवृत्ति यो पार्टीमा पनि देखिएको सङ्केत गर्छ। त्यसैले पनि तोसिमाको यो वाक्यले यति धेरै प्रतिक्रिया पाएको हुनसक्छ।  

पेसाले चिकित्सक र राष्ट्रिय स्वतन्त्र पार्टीकी  केन्द्रीय सदस्य उनी माओवादी नेतृ पम्फा भुसाललाई हराउँदै ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन्। कार्कीले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको रूपमा ३ माघ २०७९ देखि २२ माघ सम्म सेवा गरेकी थिइन्।  

जलेश्वरमा सम्पन्न बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ। यस्तै बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ। साथै तीन सह–प्रवक्ता थप गरेको छ। मनिष झा, प्रतिभा रावल, र रमेश प्रसाईँलाई पार्टीको सह प्रवक्ता मनोनयन गरेको हो। त्यस्तै अनिल केशरी शाह, राजन गौतम,डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement