भदौ ३, काठमाडौं ।तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जाकारी दिए ।
घरको मूलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।