Advertisement
Advertisement
Advertisement
Advertisement

तेतरीको हत्याको आरोपमा सौतेनी छोरा पक्राउ

  |      13:43:00   |  
तेतरीको हत्याको आरोपमा सौतेनी छोरा पक्राउ

असोज ९, वीरगञ्ज। तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा जय किशोर यादव पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका - ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

 नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो । जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछि जयकिशोर फरार भएका थिए ।

तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए ।

तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘तेतरीले श्रीमान् शिवनारायणलाई नागरिकता बनाउनको लागि पटकरपटक आग्रह गरेकी रहिछन्,’ उनले भने ‘शिव नारायणले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएका रहेछन् । नागरिकता बनाएपछि तेतरीलाई अंश दिनुपर्ने बुझाई उनीहरुको रहेछ ।’

घरमा नागरिकता नबनाएको विषयमा पटक पटक विवाद हुने गरेको र झगडा हुँदा घारिलो हतियारले घाँटी काटेको अभियुक्त जय किशोरले स्वीकार गरेको प्रहरीको भनाइ छ ।‘ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ नागरिकता दिएपछि सम्पत्ति पनि दिनुपर्छ भनेर उनको हत्या भएको देखिन्छ ।’

तेतरीलाई यसअघि पनि पटक/पटक मानसिक र शारीरिक याताना दिने गरेको माइती पक्षको दाबी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement