भदौ ३, काठमाडौं । दाङको सामुदायिक विद्यालयबाट एसईई दिएका तुलसीपुरको मेट्रो कलेजले निःशुल्क मेकानिकल इञ्जिनियरिङ पढिरहेको छ ।
‘प्राविधिक शिक्षामा छोरीहरुको पहुँच बढाउन तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयबाट एसईई पास भएका छात्राहरुलाई निःशुल्क पढाइरहेका छौं,’ कलेज प्रमुख आचार्य भन्छन्, ‘दुई लाख खर्च लाग्ने विषयहरु उनीहरुले यहाँ निःशुल्क पढ्न पाउँछन् । यसमा कुनै सिट संख्या पनि तोकेका छैन ।’
तुलसीपुर उपमहानगरभित्रका छोरीहरु बाहेक अन्यलाई डिप्लोमा तहका प्राविधिक विषय अन्यत्रभन्दा कम शुल्कमा र प्रि-डिप्लोमा तहका विषय निःशुल्क पढाइरहेको कलेजले जनाएको छ ।
‘मेट्रो कलेजलेआर्थिक अवस्था कमजोर हुने शिक्षामा लगानी गर्न नसक्ने अधिकांश अभिभावकका छोरीहरुले यहाँ निःशुल्क पढ्न पाएका छन्,’ आचार्य भन्छन्, ‘शिक्षालाई निःशुल्क गरेपछि प्राविधिक विषयमा छोरीहरुको आकर्षण पनि बढ्दै आएको छ ।’