Advertisement
Advertisement
Advertisement
Advertisement

तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला

  |      16:52:00   |  
web image
web image

पुस १, काठमाडौं । अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् ।

ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने सानो घर) लाई पनि तहसनहस पारेको थियो ।
 
त्यतिबेला पानी पनि परिरहेको थियो ।बच्चाकी आमाले घटना सम्झिँदै भनेकी छन्, ‘बच्चा कोक्रोमा सुतिरहेको थियो । बच्चालाई जोगाउन उसको बुवाले कोक्रो समातेर राखेका थिए । भुमरीले गोलो गरेर  उनीहरुलाई जमिनमा बजार्यो ।’

मैले हाम्रो एक वर्षको छोरो प्रिन्स्टनलाई उसको माथि झुकेर ढाकें । त्यहीबेला घरको छत खस्यो । म त्यसमा दबिएँ । मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो ।’तुफान रोकिएपछि उनीहरु घरको भग्नावशेषबाट बाहिर निस्किए । तर चार महिने शिशु थिएनन् । उनीहरुले आफ्नो शिशुलाई खोज्न थाले । त्यतिबेला पानी परिरहेको थियो ।

तर बच्चा सकुशल भेटिए । शक्तिशाली तुफानले उडाउँदा पनि ‘ईश्वरको कृपा’ले चारमहिने बच्चा सकुशल फेला परेको उनका आमा–बुबाले बताएका छन् । 

बच्चा जिउँदो देख्न पाउँदैन कि भनेर मलाई डर लागिरहेको थियो । तर ईश्वरको दयाले उनी जीवितै फेला परे,’ मुरले भनेकी छन् ।

तुफानमा परेर एक वर्षको अर्को एक छोरा सामान्य घाइते छन् । मुरका श्रीमानको हात भाँचिएको छ ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement