Advertisement
Advertisement
Advertisement
Advertisement

तीन महिनादेखि उपचारत कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन्

  |      21:45:00   |  
तीन महिनादेखि उपचारत कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन्

भदौ १५, काठमाडौं ।  उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन। 

 

नर्भिक इन्टरनेसनल हस्पिटलले आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो। अस्पतालका प्रमुख कार्र्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सीसीयूमा राखेर उपचार जारी गरिएको छ। आफैँ खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन्।

 

‘उद्धार गरेको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए। उनको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उनको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ।’

 

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले निशाको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन्। हालसम्म नर्भिकमा निशाको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ। 

 

अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। 

 

पत्रकार सम्मेलनका अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यकसमेत नरहेको प्रस्ट पारेको छ। ‘निशाको उपचारका नाममा कोहीकसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ’, विज्ञप्तिमा भनिएको छ।   

 

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार निशाको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ। ‘स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने उनलाई राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ।

 

डा. पंकज जलान नेतृत्वको टिमले निशाको उपचार गरिरहेको छ। डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताएका छन्। 

 

डा. जलानका अनुसार दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना देखिन्न। दुर्घटनापछि निशाको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोसिसका बाबजुद निशाको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ। 

 

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशाको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन्। यस्तै बिजोग अवस्थामा नर्भिककी प्रबन्ध सञ्चालक चौधरीले उनको उद्धार गरेकी थिइन्।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement