भदौ २४, काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले बताएको छ ।
जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने मिलाइएको छ ।तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ ।