Advertisement
Advertisement
Advertisement
Advertisement

तयारीबिनै नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको विरोध

  |      17:50:00   |  
web imege
web imege

असार ३, काठमाडौं ।पर्याप्त तयारी बिनै राजधानी बाहिर जाने सार्वजनिक यातायातका साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णयको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । काठमाडौँ महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण कार्यान्वयन नभइरहेको अवस्थामा संसदमा पनि यसबारे प्रश्न उठेको हो । 

काठमाडौँ महानगरपालिकाले असार १ देखि उपत्यकाबाहिर जान नयाँ बसपार्कबाट मात्रै यात्रु चढाउने र ओराल्ने भनि गरेको निर्णयको केही यातायात व्यवसायी र जनस्तरबाट समेत आलोचना हुँदै आएको छ ।  यही विषयमा प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद नारायणी शर्माले पर्याप्त तयारीबिनै यो निर्णय लागू हुँदा कार्यान्वयनमा जटिलता थपिएको बताइन् । 

‘हेर्दा निर्णय राम्रो पनि लाग्छ । तर पर्याप्त तयारीबिनै यो निर्णय लागू हुँदा कार्यान्वयनमा जटिलता थपिएको छ’, उनले भनिन्, ‘ कतिपय यातायात व्यवसायी र जनस्तरबाट असन्तुष्टिको स्वर सुनिन थालेको छ ।’

उपत्यकाको अस्तव्यस्त यातायातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान घण्टौ लाग्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘ महानगरपालिकाको निर्णयले यदि कोही कलंकी बस्छ र दाङ जानु छ भने कलंकीबाट होइन, सास्ती बेहोर्दै बसपार्क गएर बस चढ्नसपर्छ । फर्किँदा पनि कलंकी झर्न पाइन्न, सिधै बसपार्क जानुपर्छ । यो निर्णय झन्झटिलो छ, यसलाई कार्यान्वयनमा लैजाने हो भने सार्वजनिक यातायातमा सुधार गरिनुपर्छ, सीमित बसस्टप लागू गरिनुपर्छ ।’

पर्याप्त तयारी नगरी हचुवाको भरमा अमुक निजी कम्पनीलाई बसपार्क जिम्मा दिने र असन्तुष्टि बढाउने यस कार्य उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गराइन् ।यसअघि प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको निर्णयको आलोचना गर्दै सच्याउन माग गरेका थिए । 

महानगरपालिकाको निर्णय राम्रो भएपनि व्यवस्थित बसपार्कसहित सीमित स्थानमा यात्रु झर्ने र ओर्लने स्टपको व्यवस्था गर्दै टिकट काउन्टरपनि व्यवस्थित गरिनुपर्ने माग हुँदै आएको छ ।  यसबारेमा महानगरपालिकाले सरोकारवालासँग छलफलपछि आवश्यक व्यवस्था गर्ने भनेर एक कार्यदल बनाएपनि प्रतिवेदन तयार हुन सकेको छैन ।
रातोपाटी

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement