भदौ २७, काठमाडौं ।तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले बताएको छ। व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे। अधिकारीले डेंगु संक्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए। उनले भने, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ।”