भदौ २२, काठमाडौं ।नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमितबढेका हुन् ।
सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १३ हजार ८७७ जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।
सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् । डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ ।