मंसिर २०, काठमाडौं। नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी हुन् ।
तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो (आइतबार) उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।
वैशाख ३० काठमाडौं । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...
वैशाख ३० काठमाडौं । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ...
वैशाख ३० काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी...
वैशाख ३० काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना युवतीको...
वैशाख ३० काठमाडौं । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ...
वैशाख ३० काठमाडौं । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको...
वैशाख ३० काठमाडौं । दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही...
वैशाख ३० काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै...
वैशाख २९ काठमाडौं । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् ।...