Advertisement
Advertisement
Advertisement
Advertisement

डा.कर्णको समूहद्वारा बिक्री गरेको नवजात शिशुको उद्धार

  |      14:18:00   |  
web image
web image

भदौ ६,काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा‍.तपेश्वरलाल कर्ण र उनको समूहले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्धार  गरेको छ।

विराटनगरको रंगेली रोडमा दीपेश मेडिकल क्लिनिक सञ्चालन गरेर अवैध गर्भपतन र प्रसूति गराउने कार्यमा संलग्न रहँदै आएका ६८ वर्षीय डाक्टर कर्णको समूहले बिक्री गरेको नवजात शिशुको उद्धार गर्न मोरङ प्रहरी सफल भएको छ।

हरीले लामो अनुसन्धानपछि अस्पतालबाट गायब भएको शिशु मोरङको कटहरी गाउँपालिका– २ आदर्श टोलकी ४६ वर्षीया दिलमाया राजवंशीबाट उद्धार गरेको हो।

उक्त शिशु डा. कर्णको समूहबाट दिलमायाले आफ्ना निःसन्तान छोराबुहारीका लाागि पाँच लाख रुपैयाँ दिएर खरिद गरेको हो भनि प्रहरीलाई प्राररम्भिक  बयान दिएकी छिन्। मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार घटनामा संलग्न रहेको अरोपमा डा. कर्णसहित ६ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा  डा. कर्णको क्लिनिककी कर्मचारी सिराहा कल्याणपुर नपा– १२ की ३८ वर्षीया निर्मला यादव र ग्रिनक्रस अस्पतालकी कर्मचारी विराटनगर– ९ बस्ने ३३ वर्षीया सुधा राजवंशी, अनि शिशुलाई जन्मदिने युवतीका प्रेमी भोजपुर हतुवागढी– ४ का २७ वर्षीय गोविन्द राई र शिशु खरिद गर्ने कटहरीकी ४६ वर्षीया दिलमाया राजवंशी र उनका छोरा ३० वर्षीय सूर्यनारायण राजवंशी छन्।

उनीहरू सबैलाई रकम लेनदेन गरी व्यक्ति बेपत्ता बनाएको कसुरमा म्याद थप गरेर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ। शिशु बेचबिखनका मुख्य नाइके डा. कर्ण कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्टसमेत साथै विराटनगरका पुराना र चर्चित चिकित्सक हुन्। 

कर्णले आफनो क्लिनिकमा अवैध गर्भपतन गराउने गरेको र लामो समयदेखि निःसन्तान दम्पतीलाई शिशु बिक्री गर्ने गरेको सूचना प्राप्त भएकाले थप अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए । 

प्रेमपछि यौन सम्बन्धले गर्दा गर्भधारण गरेकी भोजपुरकी एक युवतीलाई उनका प्रेमी भोजपुर हतुवागढी गापा– ४ का २७ वर्षीय गोविन्द राईले १३ असारमा  विराटनगरमा रहेको डा. कर्णको क्लिनिकमा ल्याएका थिए।

डाक्टर कर्णले युवतीलाई नजिकै रहेको ग्रिनक्रस अस्पतालमा प्रसूतिका लागि भर्ना गराएका थिए। उनले नर्मल डेलिभरीबाट छोरीलाई जन्मदिएकी थिइन्। तर, अस्पतालबाटै उनले जन्मदिएकी छोरी गायब पारिएको थियो। प्रसूतिमा संलग्न नर्सहरूले उनलाई मृत शिशुको जन्म भएको बताएर अस्पतालबाट डिस्चार्ज दिएका थिए।

विवाह गर्ने आश्वासन दिएर यौनसम्बन्ध राख्दै आएका प्रेमी राईले अस्पतालबाट डिस्चार्ज गराएर युवतीलाई इटहरीको एक होटेलमा अलपत्र छाडेर भागेका थिए।

प्रेमी सम्पर्कमा नआएको र जन्म दिएको सन्तान पनि गायब बनाएको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement