Advertisement
Advertisement
Advertisement
Advertisement

डलरको मूल्यमा निरन्तर बढोत्तरी, भारुसँग साइनो नजोडिएको भए डलर किन्न कति खर्च गर्नु पर्थ्यो?

  |      13:02:00   |  
web image
web image

कार्तिक १६, काठमाडौं । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५७ रुपैयाँ रहेको छ।

पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यो दिन एक अमेरिकी डलरको खरिददर चाहिं १३२.९७ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रामा डलरको यो विनिमयदर हालसम्मकै उच्च हो । यसअघि गत असोज ३० गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा थियो ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन हुने गरेको छ। नेपाली मुद्राको भारतीय रुपैया(भारु)सँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

नेपालीहरुको लागि डलर यति महँगो भएको यो इतिहासमै पहिलो पटक हो । अमेरिकी डलरको तुलनामा भारुको तीव्र अवमूल्यन जारी रहँदा केहि समययता कयौं पटक डलरको तुलनामा नेपाली रुपैयाँ (नेरु) को भाउ  कीर्तिमानी न्यून स्तरमा झरेको छ ।जसका कारण आयातमा पूर्णत निर्भर नेपालको आयातको खर्च आकासिएको छ।

सीमापार डलर बलियो बनेको अनि भारतको पूँजी बजारबाट विदेशी लगानी बाहिरने क्रम जारी रहँदा पछिल्लो समय रुपयाँको भाउ दबाबमा परेको छ ।भारतको अपेक्षाकृत कमजोर निर्यात तथ्यांकका कारण पनि गत हप्ता रुपयाँमाथिको दबाब झन बढेको हो ।

हुन त पछिल्लो समय डलरको तुलनामा तीव्र अवमूल्यनको सामना गर्ने भारु एक मात्रै उदीयनमान बजारको मुद्रा भने होइन ।यो मात्र नभई रुस युक्रेन युद्धपछि अस्थिर बनेको विश्व अर्थतन्त्रका कारण डलरको तुलनामा फिलिपिनी पेसो,मलेशियाली रिङ्गिट,दक्षिण कोरियाली वन, इन्डोनेशियाली रुपी,पाकिस्तानी रुपिया र टर्किश लिराको मूल्य पनि आश्चर्यजनक रुपमा घटिसकेको छ ।

सन् १९९३ यता नेपाली रुपैयाँ र भारुको विनिमय दर एक भारु बराबर १ रुपैयाँ ६० पैसामा यथावत् छ ।अर्थात् नेरु र भारुबीच स्थिर आबद्धता छ ।

एउटा देशको मुद्रालाई अर्को देशको मुद्रासँग स्थिर आबद्धता राखिँदा जस्तो सुकै अनुकूल वा प्रतिकूल अवस्थामा पनि ती दुई देशबीचको मुद्रा विनिमय दर स्थिर रहन्छ ।

नेपाली रुपैयाँ र भारुबीचको साइनो

नेपालमा सन् १९३२ मा मात्रै रुपैयाँ प्रचलनमा पाइन्छ । सन् १९५६ मा स्थापना भएको नेपाल राष्ट्र बैंकले नेरु र भारु दुबैलाई वैधानिक मुद्राको मान्यता दिएको थियो ।

सन् १९५७ मा नेपाल मुद्रा प्रचलन र विस्तार ऐन आएपछि द्वैध मुद्रा प्रणाली खारेज भयो । अनि राष्ट्र बैंकले १०० भारु बराबर १६० नेपाली रुपैयाँमा नेरुलाई भारुसँग आबद्ध गर्यो । सन् १९६६ मा भारतले भारुको तीव्र अवमूल्य गरेको बेलामा १०० भारु बराबर १०१ नेरु कायम भएको थियो । सन् १९८५ देखि सन् १९९० को बीचमा विनिमय दर १०० भारु बराबर १६८ नेरु रह्यो । तर सन् १९९३ यता यो १०० भारु बराबर १६० नेपाली रुपैयाँमा स्थिर छ ।अर्थात्  विगत तीन दशकमा आबद्धता दरमा कुनै हेरफेर भने भएको छैन ।-एजेन्सीको सहयोगमा


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement