जेठ ९, काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।
आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन ।
अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै घर टहरा हटाउन निर्देशन दिँदा पनि अटेर गरेकाले आज डोजर चलाएको उपनिर्देशक बरालले जानकारीदिए।
‘जसले आयोजना अन्तर्गतको जग्गा हडपेर बसेको छ, उसलाई हामीले साविकमा जहाँ उक्त व्यक्तिको जग्गा रहेको हो, त्यहिँ जग्गा दिएका थियौं तर उहाँहरुले आयोजना अन्तर्गत रहेको जग्गामा नै दाबी गरेपछि डोजर लगाएर हटाएका हौं,’ बरालले अनलाइनखबरसँग भने ।
बरालका अनुसार टहरा धनीको जग्गा अयोजनासँगै जोडिएको भए पनि आयोजनामै टहरा धनीले दाबी गरिरहेका छन् ।
आयोजनाले बुधबार (भोलि) काठमाडौं महानगरपालिका क्षेत्रतर्फ आयोजनाको जग्गा अतिक्रमण हटाउन माइकिङ गर्ने भएको छ । ‘आज मध्यपुर ठिमी तर्फ भयो, काठमाडौं क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउनुपर्ने छ, भोलि माइकिङ गर्छौं, टेर्नुभएन भने डोजर लगाउनुपर्ने हुन्छ ।’ महानगरपालिकाले काठमाडौंको माइतीघर क्षेत्रमा डोजर चलाउने तयारी गरेको छ ।
अनलाइनखबर
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...