Advertisement
Advertisement
Advertisement
Advertisement

टेलिकमको फोरजी सेवाको पहुँच अब सबै जिल्लामा

  |      20:00:00   |  
टेलिकमको फोरजी सेवाको पहुँच अब सबै जिल्लामा

मंसिर १५, काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ।

नेपाल टेलिकमले मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्थालगायतले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एक रुपता नहुन सक्ने जनाएको छ। यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटका कारणले पनि गुणस्तरमा फरक पर्ने हुनाले ग्राहकमा फोरजी मोबाइल सेटको प्रयोगका सम्बन्धमा थप जानकारीको आवश्यकता महसुस गरी यो जानकारी तयार पारिएको टेलिकमले जनाएको छ।

हाल टेलिकमको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ। तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ। यसको अर्थ फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ। 

नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ। दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ। यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकलाई हुने गरेको पाइएको टेलिकमले जनाएको छ।

यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण (स्पेसिफिकेसन) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ। साथै मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सनभित्र टुजी, ओन्ली÷थ्रीजी, ओन्ली÷थ्रीजी–टुजी (अटो कनेक्ट)÷एलटीई–थ्रीजी–टुजी (अटो कनेक्ट)जस्ता विकल्पहरुमध्ये एलटीई–थ्रीजी–टुजी (अटो कनेक्ट) अप्सन छनोट गर्नु उपयुक्त हुने टेलिकमले जनाएको छ।

यसका अतिरिक्त नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताले नयाँ मोबाइल सेट खरिद गर्नुअघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्नुहुन तथा प्रविधिको विकासले ल्याएका अवसरहरुको उचित प्रयोग गर्नु हुन कम्पनीका ग्राहकलाई अनुरोध गरिन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement