Advertisement
Advertisement
Advertisement
Advertisement

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन-कुन बन्द होलान् ?

  |      15:24:00   |  
 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन-कुन बन्द होलान् ?

मंसिर १४, काठमाडौं । सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ ।

यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको स्रोतले बताएको छ ।प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार निगरानीमा रहेका एपहरुको विशेषता र त्यसबाट समाजका पारिरहेको असरको आधारमा बन्द गर्ने या नगर्ने निर्णय हुन्छ ।

उनका अनुसार विज्ञहरुको समूहले नेपालमा प्रयोगमा रहेका लाइकी, इमो, बिगो, टिन्डर, टनटन, बम्बल, टेलिग्राम, स्नापच्याट लगायतका सञ्जाल र एपहरुबारे अध्ययन भइरहेको छ । बिगो लाइभजस्ता लाइभ स्ट्रिमिङ एपमा विकृत क्रियाकपलाप मौलाएको तथा इमो, टेलिग्रामजस्ता म्यासेजिङ एपमार्फत आर्थिक तथा यौनजन्य अपराधका घटना समेत हुने गरेको दाबी छ ।

सरकारले सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै  यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको त छैन तर लिखित जवाफ माग्दै अन्तिम सुनुवाइका लागि मंसिर १९ गते पेशी तोकेको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति मानिसहरुले गरेको समर्थनबाट यतिखेर सरकार उत्साहित छ।सरकारले हालै मात्र सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्ताको स्व–नियमनलाई प्रवर्द्धन गर्न भन्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका- २०८० ल्याएको छ ।

उता दूर सञ्चार प्राधिकरणले पनि इन्रनेट सेवा प्रदायकहरुलाई अझै टिकटक बन्द नगरेको भन्दै खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।

स्रोतका अनुसार अहिले यो अध्ययनमा आवश्यकता अनुसार साइबर ब्यूरो, नेपाल प्रहरीले पनि समन्वय गरिरहेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement