Advertisement
Advertisement
Advertisement
Advertisement

झापामा छात्राले गरिन् आत्महत्या, शिक्षक प्रहरीको नियन्त्रणमा

  |      18:08:00   |  
web image
web image

माघ २५, काठमाडौं । झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।

 

मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल पुर्‍याइएको थियो।

 

उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गुरूप्रसाद तिमिल्सेनाले जानकारी दिए।

शिक्षकले कुटपिट गरेका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूले बताएका छन्। 

 

विद्यार्थीको समूह बुधबार प्रहरी कार्यालयमा समेत पुगेको इन्स्पेक्टर तिमिल्सेनाले बताए। 

 

‘कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको भन्ने आरोप छ। आरोप लागेपछि हामीले शिक्षकलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने। 

शव पोष्टमर्टमपछि घटनाबारे थप खुल्ने पनि उनले बताए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement