मंसिर १६, काठमाडौं। बिहीबार टिपरको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ स्थित मेघाटोलकी ११ वर्षीय शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर-७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र-१-००१-क-७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित 'बीएण्डसी' अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।