कार्तिक २०, काठमाडौं । नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
कार्तिक १८ गते दुई जनाको पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा मृत्यु भएको थियो ।संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न माग गर्दछ,’ संघका महासचिव सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।