Advertisement
Advertisement
Advertisement
Advertisement

जातकै कारण वृद्धाश्रममा शरण पाउनबाट वञ्चित

  |      15:22:00   |  
web image
web image

मंसिर २४, काठमाडौं ।जातकै कारण मोरङमा दलित वृद्धा आश्रमबाट निकालिएकी छिन्। मोरङको उर्लाबारी नगरपालिका– १ मा अलपत्र अवस्थामा बस्दै आएकी ६२ वर्षीया वृद्धा शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट वञ्चित भएकी हुन्। 

शोभालाई विराटनगर महानगरपालिका– १ पुष्पलाल चोकमा रहेको जागृति वृद्धाश्रमले पहिले बोलाएर पनि दलित जातको भन्ने थाहा पाएपछि शरण दिन इन्कार गर्दै फिर्ता पठाएको थियो। 

सन्तानविहीन शोभाको अवस्था देखेर उर्लाबारी नगरपालिको ३ नम्बर वडा सदस्य टीका भुजेलले आश्रमकै आग्रहमा वडाको  सिफारिस बनार आश्रममा राख्न १५ मंसिरमा लिएर आएकी थिइन्। पहिले वृद्धालाई राख्न सहमत भएको आश्रमले सुन्दास थर भनेको दलित समुदायको दमाईंभित्र पर्ने थर हो भन्ने थाहा पाएपछि दलितलाई राख्यो भने अरू कोही पनि आश्रममा बस्दैनन् भन्दै शरण दिन इन्कार गरेकी थिइन्।

आश्रमले दलित भएकै कारण आश्रममा राख्न इन्कार गरेपछि दलित फिर्ता पुनः उर्लाबारी नै फर्किएकी छिन्। उनी हाल सहयोगीको घरमा शरण लिएर बसिरहेकी छिन्।आफ्नो सुन्दास थर परियार हो भन्ने थाहा पाएपछि आश्रमकी सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्यले भने आश्रम साँधुरो भएकाले वृद्धालाई तत्काल शरण दिन नसकेको, तर दलित भनेर विभेद नगरेको बताइन्।

वडासदस्य भुजेलले आश्रमले दलित किन पठाएको भन्दै आपत्ति जनाएपछि दलित वृद्धालाई फर्काएर उर्लाबारी नै लग्नुपरेको बताइन्। उनले भनिन्, ‘आमालाई हामीले आश्रमकै आग्रहमा सिफारिस बनाएर पठाएका थियौँ। तर, सानो जात भन्ने थाहा पाएपछि फर्काइदिएछन् अब उहाँलाई राख्न अर्को आश्रममा बुझने काम गरिरहेका छौँ।’ 

दलित अधिकारकर्मी उमेश विश्वकर्माले दलित भएकै कारण वृद्धालाई शरण् दिन इन्कार गरेपछि जातीय विभेद छुवाछुत कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी मोरङमा २१ मंसिरमा उजुरी दर्ता गराएको बताए। 

तर, उजुरी दर्ता भए पनि प्रहरीले आश्रम सञ्चालक आचार्यलाई पक्राउ गरेको छैन। मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले उजुरी दर्ता भएपछि घटना बुझने काम भइरहेको  र बुझिसकेपछि किटानी जाहेरी दर्ता गरेर कानुनअनुसार कारबाही गर्ने बताए। 

घटनाबारे जानकारी पाएपछि कोशी प्रदेशका सांसदहरूले जातकै कारण दलित वृद्धालाई शरण दिनबाट वञ्चित गर्ने आश्रम सञ्चालकलाई तुरुन्त पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। 

सांसद कमला दर्नाल, सुनिता राम, किशोरचन्द्र दुलाल, लीलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, सुनिता गच्छदारलगायतले सार्वजनिक आश्रममा दलित वृद्धालाई विभेद गर्ने आश्रमलाई कारबाही गराउन आफूहरूले प्रदेश सभामा जोडदार आवाज उठाउने बताए। प्रदेश दलित अधिकार ऐन निर्माण गर्न शुक्रबार विराटनगरमा भएको छलफलमा घटनाबारे जानकारी पाएपछि कोशी प्रदेशका सांसदहरुले संविधान र कानुनले अमानवीय र दण्डनीय बनाइसक्दा पनि यसरी दलित भएकै कारण विभेद गर्ने आश्रम खारेज गराउन र दोषीलाई तुरुन्त पक्राउ गरेर कानुनी सजाय दिलाउन माग गरेका छन्। 

अधिकारकर्मीहरूले अमानवीय घटनाबारे संसदीय समिति र मानव अधिकार र दलित आयोगले चाँडै अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।  -नयाँ पत्रिका


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement