‘भदौ ११,काठमाडौं । सारुक ताम्राकारको मृत्यु प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठलेभनिन्,'मेरो मौनतालाई कमजोरी नठान्नुस्'। सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।
उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।
नम्रताले प्रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गरेकी छन्। उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् ।