Advertisement
Advertisement
Advertisement
Advertisement

छोरो च्यापेर विद्यालय

  |      14:03:00   |  
छोरो च्यापेर विद्यालय

म्याग्दी । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् । 

दैनिक दुईवटा झोला सहित पिठ्यूँमा छोरा बोकेर विद्यालय जानु र डेरा फर्कनु उनको दैनिकी हो । धौलागिरि गाउँपालिका–६ मराङमा रहेको जनविकास माविमा ८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा उनको मालिका गाउँपालिकाको खवाङका २८ वर्षीय किरण परियारसँग विवाह भएको थियो । पन्ध्र वर्षमै आमा बनेपछि उनको विद्यालय जाने क्रम छुट्यो । “बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौँ भनेपछि मैले पनि मन्जुरी दिएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि बल्न चेत खुल्यो,” उनले भनिन् । 

बिहेपछि पढाइ छुटेपनि चार वर्षपछि मात्र उनी विद्यालय जान थालेकी हुन् । यसबीचमा पनि उनले अर्को पीडादायी घटना व्यहोर्नु प¥यो । गत वर्ष डालेघाँस काट्ने क्रममा भूमिका लडिन् र ढाड भाँचियो । छ महिनासम्म आफैँ दिसा–पिसाब गर्न नसक्ने गरी घाइते भइन् । लामो उपचारपछि भूमिकाको ढाडमा केही सञ्चो त भयो तर पूरै सोझो नहुने भयो । उपचारमा धेरै खर्च भएपछि परिवारमा कचकच पनि थपियो । अब उनलाई पढेर सक्षम हुनुपर्छ भन्ने लाग्न थाल्यो । “मेरा लागि यो बाध्यता थियो, त्यसैले छोरा बोकेर स्कुल आउँदा लाज वा अप्ठ्यारो केही लागेन्”, भूमिकाले भनिन्, “पढेर केही गर्छु भन्ने चाहनाले ४ वर्षपछि स्कुल आएकी हुँ ।” 

घाइते भएपछि गाउँमा खेतीपाती र वस्तुभाउ हेरर जीविकोपार्जन गर्ने अवस्था नभएपछि भूमिकाले निर्णय गरिन्, सदरमुकाम झर्ने र पढाइलाई निरन्तरता दिने । गाउँमा हुर्केको, गाउँको स्कुलमै पढेर लामो समयसम्म पढाइ छाडेकी उनले शहरी वातावरणमा फेरिएको पाठ्यक्रम बुझ्न गाह्रो भए पनि पढाइ पूरा गर्ने दृढता लिएकी छिन् ।सदरमुकाम बेनीमा एउटा कोठा भाडामा लिई डेरामा बस्दै विद्यालयको पढाइलाई पुनः निरन्तरता दिएकी उनका पति किरण रोजगारीका लागि अहिले कुवेतमा छन् । 

“उनमा दृढ इच्छाशक्ति र उच्च मनोबल छ । भूमिकाको समस्यालाई ख्याल गरी उनको पढाइमा सहयोग प¥याउन कक्षामा पनि उनको चासो राख्ने गरेका छौँ,” विद्यालयका प्रध्यानाध्यापक हरिकृष्ण सुवेदीले भन्नुभयो, “उनको पढाइलाई निरन्तरताका लागि विद्यालयका तर्फबाट गर्ने सबै सुविधा र सहयोग पनि उपलब्ध गराएका छौँ ।” रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement