चैत २०, मकवानपुर । आफ्नै छोरीलाई यौन शोषण गरेको आरोपमा हेटौंडा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिकाका ४७ वर्षका एक बाबुले आफ्नी १७ वर्षकी छोरीलाई यौन शोषण गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफुमाथि ४ वर्षदेखि लगातार यौन शोषण गरिरहेको छोरीले बताएपछि प्रहरीले बुवालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
बाबुले लगातार यौन शोषण गरेपछि उनी घर छोडेर भाग्ने क्रममा चितवनको एक संस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो ।मइती नेपाल मकवानपुरका संयोजक माया लामाले भारत रहँदा पीडित बालिकाको आमाले अन्यत्र विवाह गरेर गएपछि उनलाई नेपाल ल्याइएको र बुवाले सानै उमेरबाट यौन शोषण गर्ने गरेपछि पीडित किशोरी घर छोडेर भागेको अवस्थामा चिववनबाट मकवानपुर ल्याइएको बताइन् ।
कक्षा ९ मा पढ्ने उनको बुवाकै कारण पढाइ पनि बिग्रिएको जनाएकी छिन् । उनले बुबाले दोस्रो विवाह गरेपछि एकातिर घरको तनाव र बुबाले यौन शोष गरेको प्रहरीसँग बताएकी छिन् ।
स्रोत ःमहिला खबर