Advertisement
Advertisement
Advertisement
Advertisement

छोरीको उपचारका लागि भौँतारिँदै श्रीमान्ले छाडेकी आमा

  |      00:00:00   |  
छोरीको उपचारका लागि भौँतारिँदै श्रीमान्ले छाडेकी आमा

डोटी । छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् । 

काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन । उपचारका लागि कार्यालय–कार्यालयका दैलोमा पुगेर आँसु झार्दै उनी हार–गुहार गरिरहेकी छन् । 

नौ वर्षअघि १६ वर्षको उमेरमा उनको स्थानीय राजेन्द्र नेपालीसँग मागी विवाह भएको थियो । राजेन्द्र नेपाली सेनामा कार्यरत छन् । सानै उमेरमा विवाह भइसकेपछि अहिले उनीहरुका दुई छोरा र एक छोरी छन् । उनको जेठो छोरो नौ वर्षको भयो । कक्षा दुईमा पढ्छ । जुम्ल्याहा रुपमा एक छोरा र छोरी जन्मिएका छन् । तीनै जुम्ल्याहामध्येकी छोरीको असामान्य तरिकाबाट ढाड फुलेको हो । "छोरीको यो अवस्था छ । घरको स्थिति राम्रो छैन,” गहभरि आँसु झार्दै उनले भनिन्, "अब यसको उपचार गर्न पैसा नै छैन । यसैले यसरी हारगुहार गरिरहेकी छु ।” 

उनका श्रीमान् केही समयदेखि बेखबर छन् । काठमाडौँको भैरवदल गणमा कार्यरत रहेको सुनेको उनले बताइन् । "श्रीमान्सँग सम्पर्क नै हुँदैन, हजुर । उहाँले मलाई छाडेर जानुभयो । सम्पर्कमै आउन चाहन्नन्,” उनले दुखेसो पोख्दै भनिन्, "अर्कै बिहे गरिसक्यो भन्ने सुनेकी छु ।” 

केही समयअघि केही रकम जुटाएर उपचारका लागि छोरीलाई काठमाडौँको वीर अस्पताल पुर्‍याएको उनले बताइन् । त्यहाँ पुग्दा रु एक लाख ५० हजार र कान्तिबाल अस्पतालमा उपचार गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च लाग्ने बताएपछि बिना उपचार फर्किएको उनले बताइन् । 

काठमाडौँ पुग्दा श्रीमान् राजेन्द्र सम्पर्कमा आएको उनले बताइन् । उनले भनिन्, "भेट्नसम्म पुगे । बच्चाको यस्तो अवस्था देख्दादेख्दै फेरि बेपत्ता भए । अनि छोरीलाई त्यसै लिएर फर्किएँ ।” डाक्टरले बच्चाको समयमै शल्यक्रिया नभए टाउकोमा पनि त्यस्तै फोका उठ्न सक्ने चेतावनी दिएका छन् । 'aत्यसपछि भने ज्यान जोगाउन कठिन हुन्छ रे,” उनले थपिन् । 

छोरीको उपचारका लागि कुनै उपाय नलागेपछि उनले हार खाइसकेकी छन् । "श्रीमान्ले धोका दिए । घरमा सम्पत्ति छैन,” उनले रुँदै भनिन्, "मेरो यो अवस्था कसले हेरिदिन्छ ? अब छोरी बचाउन नसक्ने भएँ ।” 

अहिले उनी माइतीकै शरणमा परेर जीविका चलाइरहेकी छन् । "माइती घरमा बसेर दुईछाक खान र बच्चालाई खुवाउन पाएकी छु,” उनले भनिन्, आफ्नै त बस्ने ठेगान छैन । छोरीको उपचार कसरी गरुँ ?” माइतीको अवस्था पनि निकै नाजुक रहेको उनले बताइन् । 

छोरीको उपचार खर्च जुटाउन संघसंस्था र कार्यालय धाउँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले सहुलियतमा उपचार गराइदिन सिफारिशसम्म बनाइदिएका छन् । तर, त्यसले सबै समस्या भने समाधान हुनेछैन । 

"श्रीमान्ले नै माया मारे” सिलगढीकै स्थायी बासिन्दा राजेन्द्रसँग सानै उमेरमा विवाह हुँदा दुवै खुसी थिए । केही वर्षअघि राजेन्द्रले सेनामा भान्सामा खाना पकाउने काम पाए । त्यसै क्रममा उनीहरुको पहिलो सन्तानका रुपमा छोरो जन्मँदा दुवै खुसी रहेको लक्ष्मीले बताइन् । 

त्यसपछि धेरै लामो समयपछि जुम्ल्याहा सन्तानका रुपमा छोरा र छोरी जन्मेपछि भने श्रीमान् टाढिँदै गएको उनी बताउँछिन् । एकाएक टाढिँदै गए । मैले केही बुझ्न सकिन,” उनले भनिन् । 

अहिले उनीसँग श्रीमान् राजेन्द्र पूरै सम्पर्कविहीन छन् । उनले अर्घाखाँचीको केटीसँग बिहे गरेको लक्ष्मीले सुनेकी छन् । त्यसै क्रममा श्रीमान्ले समेत रुपैयाँ जम्मा गर्न नसकेको र उल्टै सञ्चय कोषमा समेत रकम नरहेको सुनिएको उनले बताइन् । 

"श्रीमान्ले नै धोका दिए, कसको के लाग्छ र ? ” दुखित मुद्रामा उनले भनिन्, "अहिले माइतीको आश्रयमा जीवन त बाँचिरहेकी छु । अरु त ठीकै थियो, छोरीलाई बचाउन नसक्ने भएँ ।”  रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement