Advertisement
Advertisement
Advertisement
Advertisement

छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला

  |      10:23:00   |  
छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र  घरनिकाला
  • चुरामणि अर्याल 

कपिलवस्तु । छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।
 कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । 
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिदै आएको बताईन ।
गर्भवती अवस्थामा रहदै छोरी जन्माए परिवारलाई बोझ हुने भन्दै श्रीमान र ससुराले मानसिक यातना दिँदै आएको उनको भनाई छ  । उनका श्रीमानका ६ दिदिबहिनी रहेका छन् । 
यहि साउन ११ गते श्रीमान र ससुरा दुवै मिलि आफूलाई निर्घात कुटपिट गरी घर बाट निकालेको र तीन महिने छोरीलाई समेत आफूँंग ल्याउन नदिएको उनले गुनासो गरिन् ।
कुटपिट बाट घाईते भएकी उनलाई भैरहवा मेडिकल कलेजमा उपचार गराई माईतीमा लगिएको छ । 
सविनाकी आमा सायरा पठानले छोरीले बारम्वार यातना सहनु परेको भन्दै न्याय दिलाइदिन सरोकारवालासँग आग्रह गरेकी छिन्  । जिप्रपामा   उजुरी समेत पीडित पक्षले हालिसकेको छ । 
११ लाख ५० हजार भारतीय मूल्यको  महिन्द्रा गाडि दाईजो दिएर छोरीको विवाह गरिदिएको स्मरण गर्दै आमा सायराले त्यहि दाईजो पनि कम भएको भनेर सुरु देखि नै पटक—पटक छोरीलाई यातना दिंदै आएको बताइन् । 
उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले भने दुवै पक्षबाट उजुरी परेको र थप अनुसन्धान पछि मात्र सत्यतथ्य सार्वजनिक गरिने  बताए । रातोपाटीम प्रकाशित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement