Advertisement
Advertisement
Advertisement
Advertisement

छोरा जन्मिँदा हर्षबढाइँ गरिने कर्णालीमा छोरी जन्माउँदा किन विभेद ?

  |      17:21:00   |  
web imege
web imege

माघ १, काठमाडौं । दुधाले छोरा पाएको थाहा पाउने बित्तिकै स्वास्थ्य चौकीमै पुगेर गाउँलेहरूले बाजागाजा र फूलमालासहित धूमधामसँग घर भित्र्याए।  

घरमा दुवोपाति लगाउनेको घुइँचो नै लाग्यो। भोजभतेर र नाचगान चल्यो। छोराको न्वारन र छैटी पनि गरियो।

लकडाउनको समयको बेवास्ता गर्दै छोरा जन्मेको थाहा पाउने बित्तिकै बाजागाजासहित गाउँलेहरू अस्पतालमै पुगेको दुधाका श्रीमान् आइतेले बताए।

उनले भने, 'बाह्र छोरी जन्मिँदा न कोही बाजा र फूलमाला ल्याएर आए। न त भोजभतेर नै चल्यो। दुवोपाति लगाउन पनि कोही पनि आएनन्। घरमा पुरै सन्नाटा हुन्थ्यो।'

छोरी धेरै भएको भनेर समाजले तिरस्कार गरेपछि छोरा जन्माउन आफू बाध्य भएको उनी बताउँछन्।

धेरै छोरी जन्मिँदै जाँदा सामाजिक अपहेलनापूर्ण व्यवहार खेपेका आइतेले छोरा जन्मिएपछि भने गाउँ समाजबाट त्यस्तो व्यवहार नदोहोरिएको महसुस गरेको बताएका छन्।  

आइतेका १२ छोरीहरू जन्मिए पनि ८ जना मात्रै बाँचेका छन्।

उनीहरूमध्ये दुई जनाको विवाह भइसकेको छ भने ६ जना पढ्दैछन्। 

दैलेखकै प्रज कठायतको पनि छोरा जन्मिएको थाहा पाएपछि आफन्त र गाउँलेहरूले बाजागाजा र फूलमालासहित आमा र बच्चालाई स्वागत गरेका थिए। 

आइतेकोमा जस्तै घरमा नाचगान र भोजभतेर गरेर रमाइलो पनि गरियो। 

तीन छोरीपछि छोरा जन्मिँदा हर्षबढाइँ गरेका उनी छोरा र छोरीबीच विभेदका कारण भन्दा पनि सामाजिक परम्पराका कारण त्यस्तो गरिएको ठान्छन्।

'छोरी हुँदा पनि खुसी नै थिएँ। समाजको चलन नमाने एक्लो परिने डर हुन्छ, त्यसैले भोजभतेर गर्न बाध्य भएँ,' उनले भने।

'छोरीहरू पनि सन्तान नै भएकोले विभेद नगरी सबै छोरीहरूलाई राम्रोसँग पढाए लेखाएकै छु।'

प्रजका चार छोरी र दुई जना छोरा छन्।

कर्णालीमा औषधिको 'चरम अभाव’
२४ जनवरी २०१७
कामको बोझले यसरी थिचिएका छन् कर्णालीका महिला
९ डिसेम्बर २०१९
किन बल्झिरहन्छ कर्णालीमा बर्सेनि मौसमी रुघाखोकीरु
३० एप्रिल २०१९
छोरा जन्मिए हर्षबढाइँ गर्ने र छोरी जन्मिँदा वास्ता नगर्ने चलन दैलेखमा मात्र होइन कर्णालीका कालिकोट, जुम्ला, जाजरकोट, सुर्खेत, सल्यान, मुगुलगायत जिल्लामा छ।

छोरा जन्मिँदा आफन्त बोलाएर दान दक्षिणा दिने, गाउँलेलाई भोज खुवाउने र नाचगानसहित रमाइलो गर्ने गरिन्छ।

सुरुमै छोरा जन्मिँदा होस् वा छोरीपछि छोरा जन्मिँदा खुसीयाली मनाउने चलन अनिवार्यजस्तै गरिन्छ।

छोराछोरीबीच विभेदको गहिरो खाडल
छोरा जन्मिँदा चाडपर्व आएजस्तो गर्ने गाउँलेहरू पनि छोरी जन्मिँदा कसैका घरमा जाँदैनन्। गाउँ नै सुनसान हुन्छ। 

काजकिरीया गर्ने, बुढेसकालमा हेरचाह गर्ने, अंश खाने र वंश धान्ने छोराले र छोरी अर्काका घरमा जाने जात भन्ने बुझाइले गर्दा कर्णालीमा छोरा र छोरीबीच विभेदको गहिरो खाडल अझै कायमै छ।

छोरा मोहकै कारण जन्मिँदै छोरीहरूमाथि विभेद हुने गरेका कैयौँ घटना देख्न पाइन्छ।

त्यसैले कतिपय छोरीहरू पढ्ने लेख्ने अवसर र पहुँचबाट वञ्चित हुन पुगेका पाइन्छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement