Advertisement
Advertisement
Advertisement
Advertisement

छुवाछुतको निहुमा प्रतिक्षामाथि कुटपिट

  |      21:37:00   |  
तस्विर: रातोपाटी
तस्विर: रातोपाटी

किरण श्रेष्ठ ►
भदौ ५, तनहुँ ।   धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै तनहुँमा शनिबार एक दलित महिला निर्घात कुटिएको खुलासा भएको छ । जिल्लाको साविक क्यामिन गाविस वडा नं ९ हाल व्यास १० निवासी २७ वर्षीय प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीय रुपा गुरुङद्धारा  कुटिएकी हुन् । 

 

शनिवार बिहान करिव ६ बजेको समयमा परियारले धारामा बोतल भर्दै गरेको अवस्थामा सोही स्थान निवासी गुरुङले पानी थापिरहेको बोतलमाथि अर्को बोतल थाँप्दा दुई महिलाबीच विवाद भएको थियो ।  

 

दुवै महिलाबीच भनाभन भैरहेको अवस्थामा रुपा गुरुङले एक्कासी परियार कपालको चुल्ठोमा समाएर कुटपिट गरेको पीडित परियारले बताइन् । "पुजा गर्ने पानी दमिनीले छोइदिई भन्दै तथानाम गाली बेइज्जत गर्नुका साथै मुन्टो नै चलाउन नमिल्ने गरी निर्घात कुटपिट भएको परियारले बताइन् ।”
  
यस अघि पनि ती गुरुङ महिलाले दुई पटक सम्म सार्वजनिक स्थलमा गाली गलौज गरेर स्थानीय समाजसेवीहरुको बसेको छलफलले आउँदा दिनमा यस्ता गल्ती नदोहोराउने शर्तमा छाडिएको थियो तर तेश्रो पटक भने पिटाई नै खानु परेकोे पीडित परियारले भनिन् । 

 

धारामा नुहाउँदै गरेका शेरचन गुरुङ्ले समेत छुट्टाउन नसकेको पीडितको भनाई छ ।  उनले पनि करिब १० मिनेटपछि मात्रै छुटाउन आएका थिए उनले भनिन् ।  

 

"घटना पछि शनिवारै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गर्न आउने भनिएपनि शनिवारको दिन बिदा होला भनेर आइएन परियारले भनिन्”– "तर आइतबार बढि दुख्नुका साथै मुन्टो चलाउन नमिलेपछि प्रहरीमा जाहेरी दिन आएको हुँ ।” 

 

 "आइतबार जाहेरी लेखेर जिल्ला प्रहरी कार्यालयमा दर्ताको लागि जाँदा प्रहरीले पीडकलाई समाएर ल्याएपछि दर्ता गरौला आज अस्पतालमा स्वास्थ्य परिक्षण गराएर आउनु भनेर पठाएको उनले बताइन् ।" दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरेर आउनु भनेर प्रहरीले चिठ्ठी समेत लेखेर पठाएको थियो । तर स्वास्थ्य परिक्षणको क्रममा मुन्टो ठाडो र तल गर्न नमिलेको अवस्थामा एक्सरे समेत नगरिएको उनको गुनासो रहेको छ । प्रहरीले घाउ जाँच केस फारम भरी अस्पतालमा                 पठाइएको अवस्थामा चिकित्सकले एक्सरे नगरेपनि पुन गर्न सकिने अवस्था रहेको दमौली अस्पतालका प्रमुख डा पवनजंग रायमाझीले जानकारी दिए । 

 

यस विषयमा थप जानकारी लिदाँ तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले घाइतेको घाउ जाँच केस फारम भरेर प्रहरीले दर्ता प्रक्रिया अघि बढाएको बताए । 

 

उनले भने "म आफु कार्यालयमा  नभएको अवस्था परेकोले जाहेरी दर्ता हुन नसकेको हो कसैले गर भन्दा गर्ने नगर भन्दा नगर्ने कुरा भएन कुटपीटको तीन महिना सम्म म्याद हुने भएकोले म्याद गुज्रन नसक्ने उनले बताए ।" 
  

 

प्रहरीले घाउँ जाँच केस फारम भरी अस्पतालमा पठाएको हुदाँ दर्ता प्रक्रिया अघि बढेको छ । पीडित परियारका श्रीमान रोजगारीको सिलसिलामा एक वर्ष देखि विदेशमा छन् । रातोपाटीमा प्रकाशित खबर । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement