पुस ११, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको विकासबाट नेपालले लाभ सक्नुपर्ने बताएकी छिन्।
१०औँ वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औँ बेल्ट एन्ड रोड इनिसियटिभको वार्षिकोत्सवको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट हामीले लाभ लिनु पर्छ भनेर बताइन् ।
मन्त्री शर्माले भनिन्, ‘नेपालको समृद्धिमा नयाँ आयम थप्न चिनियाँ सहयोगमा नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरू अघि बढाउन सकेमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिनेछ’।
नेपालले बर्षौदेखि व्यहोर्दै आएको व्यापाारघाटा चीनसँगको व्यापार सहयोगले कम गर्न सकिने रहेको बताइन् । नेपाल र चीनको सम्बन्ध नुन ,ऊन र सुनबाट सुरुभएको उनले उल्लेख गरिन् ।
मन्त्री शर्माले आपासी अनुभव र सहयोग आदान–प्रदानका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वव्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...