Advertisement
Advertisement
Advertisement
Advertisement

छानबिन समितिको सभापति पदबाट बबिताकुमारीको राजीनामा

  |      10:31:00   |  
web image
web image

१९ फागुन, जनकपुरधाम । गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेश प्रदेशसभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

 

छानबिन समितिकी सभापति उपसभामुख बबिताकुमारी राउत ईशरले पदबाट राजीनामा दिएकी हुन् । असहज अस्तव्यस्तता जटिलता महसुस गरेर पदबाट राजीनामा दिएको उनले बताइन् ।

 

गत आर्थिक वर्ष २०७८–०७९ को मधेश सरकारको विभिन्न योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । जुन प्रदेश सरकारको लागि टाउको दुखाइ बनेको छ । भुक्तानीको समस्या सुल्झाउन प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवको प्रस्तावमा ४ फागुनमा प्रदेशसभा बैठकले उपसभामुख इशरको सभापतित्वमा २० सदस्य छानबिन समिति गठन गरेको थियो । तर समितिको एउटा बैठक बस्न नपाउँदै सभापति इशरले राजीनामा दिएकी हुन् । गत मंगलबार बसेको समितिको पहिलो बैठकमा सभामुख रामचन्द्र मण्डलले समितिका सभापति पदबाट उपसभामुखले राजीनामा दिएको सुनाएका थिए ।

 

पहिलो बैठकले समितिको सभापतिमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०की सांसद रानी शर्मा तिवारीलाई सर्वसम्मत चयन गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।यस अघि २०७५÷०७६ मा प्रदेश सरकारको ९२ करोड रुपैयाँ भुक्तानीको लफ्डा थियो । जुन ०७६÷७७ मा प्रदेश सभाले यस्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर भुक्तानी फर्छयौट गरेको थियो । त्यतिबेलाको प्रतिवेदनमा अब यस्तै नजिर नदोहरिने गरी बाँकी भुक्तानीको लागि छानबिन समिति गठन नगर्ने उल्लेख गरिएको थियो । तर, फेरि आर्थिक २०७८–०७९ मा झण्डै एक अर्ब रुपैयाँ भुक्तानी रह्यो । र भुक्तानीको लागि पुनः उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । जुन नीति संगत नरहेको र यसले गलत संस्कार बसाउन खोजेको भन्दै सरकारको आलोचनना सुरु भएको छ ।

कानुनी उल्झन हुन सक्ने देखेपछि विवादित नबन्न उपसभामुख इशरले समितिको सभामुख पदबाट राजीनामा दिएको श्रोतको दावी छ ।

 

समितिले सभामुखको निर्देशनमा आफ्नो कार्यविधि आफैंले निर्माण गर्ने र भुक्तानी समस्या समाधान गर्ने छ । गठित समितिको अवधि कार्य प्रारम्भ भएको मितिले ३० दिनको हुने उल्लेख छ । गत मंगलबार बसेको बैठकले मुख्यमन्त्री कार्यालयले पत्राचार गरेर सात दिन भित्र बाँकी भुक्तानी योजनाको विवरण माग गर्ने निर्णय गरेको हो ।

 

समितिले ती योजनाहरुको स्थलगत निरीक्षण र नापजाँच गर्ने,सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारको पदाधिकारीहरुसँग बयान लिने लगायतको काम गरेर भुक्तानी गर्ने छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement