जेठ २४, काठमाडौं । चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका सोही स्थानकी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली , ३६ वर्षीया चन्द्राकला सुनार र ३५ बर्षीया ज्योती दमाई रहेका छन् । उनीहरुलाई आजै अदालतमा पेश गरिएको जनाइएको छ ।