कार्तिक २१, काठमाडौं । चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई २६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आपतकालीन मानवीय सहायता स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको चिनियाँ राजदूत चेन सोंगले ट्विटरमार्फत् बताएका छन्।
उनका अनुसार चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोग स्वरुप एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ)सहयोग गर्ने भएको छ। चीनले यसअघि घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री नेपाल आइसकेको छ।