मंसिर ५,काठमाडौं ।चिसोबढेसगै जाजरकोटमा निमोनियाले एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको निधनभएको छ ।
चिसोको कारण शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो उनलाई निमोनिया भएको रहेछ । निमोनियाको परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।
चिसोबाट ५० भन्दा बढी बालबालिका जाजरकोटमा बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ। गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो।