Advertisement
Advertisement
Advertisement
Advertisement

चिनियाँ अस्पताल कोरोना संक्रमितले भरिँदै

  |      16:28:00   |  
web imege
web imege

पुष ८, काठमाडौँ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् ।

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ । सन् २०२० देखि शून्य कोभिड नीतिु जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।

राष्ट्रपति सी चिनफिङको शून्य कोभिड नीतिु विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् । सोमबार र मंगलबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । बुधबार भने कोरोनाका कारण चीनमा कसैको मृत्यु भएको छैन ।

जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण चिन्ताजनकु भएको बताएका छन् । उनले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन् ।

डाक्टर र्‍यान कोरोनाबाट बच्नका लागि खोप नै उपयुक्त उपाय भएको बताउँछन् । चीनले कोरोनाविरुद्ध आफ्नै खोप उत्पादन गरेको छ । विज्ञहरूले चिनियाँ खोप कम प्रभावकारी भएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । बुधबार मात्र जर्मन सरकारले चीनमा बायोएनटेक कोभिड खोप पठाएको थियो । सुरुमा २० हजार प्रवासीलाई चीनमा बायोएनटेक खोप लगाइकने बताइएको छ ।

चीनमा पहिलो पटक बाहिरबाट खोप पठाइएको हो । कति खोप पठाइएको हो भन्ने यकिन जानकारी सार्वजनिक भएको छैन । गत महिना चीन भ्रमणका क्रममा जर्मन चान्सलर ओलाफ स्कल्जले चिनियाँ नागरिकसहित सबैलाई खोप निस्शुल्क वितरण हुनुपर्नेमा जोड दिएका थिए । कोरोना


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement