Advertisement
Advertisement
Advertisement
Advertisement

चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या

  |      11:56:00   |  
web image
web image

बैशाख २८,काठमाडौं । शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले आत्महत्या गरेकी छिन् ।
बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ । राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा बताए ।

विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्की समेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने कमिटीको माग छ । ‘कसैको इगो भन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूको जीवन हो । यसको रक्षा गरिनुपर्छ । अध्यक्ष भामले भने । थापाको आत्महत्यापछि चिकित्सा शिक्षा सङ्घर्ष अभियानले समेत विरोध जनाएको छ । अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ ।
विद्यार्थीमाथि हुने शारीरिक र मानसिक यातनाका विरुद्धमा विगतदेखि नै आवाज उठाउँदै आएको तर, त्यस्ता घटना बारम्बार दोहोरिने गरेको अभियानको ठहर छ । घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement