भदौ ७, काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाले गर्भवती तथा सुत्केरी, जेष्ठ, अपांग, अशक्तका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको छ। चालु आर्थिक वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको नगर प्रमुख देवबहादुर खाँणले बताए।
गर्भवती र सुत्केरीका लागि भने रिफर हुने अस्पतालसम्म पठाउने गरिएको छ।
स्वास्थ्य सेवा नगरवासीलाई छिटोछरितो र सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सेवालाई निःशुल्क एवं सहज बनाएको उपप्रमुख इशा रानाको भनाइ छ।