असोज ७, झापा। झापामा घरको चार तलामाथिबाट खसेर ६२ वर्षीया महिलाको मृत्यु भएको छ।
चार तलामाथि फलेका करेला टिप्न खोज्दा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको उनले जानकारी दिए ।
आचार्यको बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।